केपी ओली राष्ट्रिय T20 कपको उपाधि मधेस प्रदेशलाई
ROE Network (2023-12-01T14:30:07.208Z)
केपी ओली राष्ट्रिय T20 कपको उपाधि मधेस प्रदेशलाई
पोखरामा जारी केपी ओली कप राष्ट्रिय 20 –20कप क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । मङ्सिर १५ गते शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो । Toss जितेपछि पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । १३६ रनको Target सहित ब्याटिङमा उत्रिएको नेपाल आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन मात्र जोड्न सक्यो ।
यस्तै आन्तरिक खेलहरु आयोजना हुँदै गएमा राष्ट्रिय क्रीकेटमा पनि बिकास हुने संभावनालाई थप दृढ बनाउदै गएको छ ।