बेसार खेतीले हात्तीबाट किसान बाचाउदै
Sujit Paudel (4/30/2024)
झापाका किसानहरूलाई जङ्गली हात्तीहरूले आतङ्कित पारेका छन्।
भारततिरबाट मेचीनगरको बाहुनडाँगी नाकाबाट प्रवेश गरेका यी जङ्गली हात्तीहरूको समूहले अहिले चारकोशे जलथल जङ्गल क्षेत्रलाई आफ्नो बास स्थान बनाएका छन्।
सामुदायिक वनका उपभोक्ताहरू र यहाँका कृषकहरूले लगाएको अन्नबालीमाथि हात्तीले बर्सेनि कुल्चेर र खाएर क्षति पुर्याउँदै आएको छ। यसैले वन उपभोक्ताहरू र किसानहरू हात्तीबाट बच्न लहरे वनमारा र तीतेलहरा वनमारा मिचाहा जस्ता बोटविरुवाहरूको उपयोग गरी विकल्प खोज्ने र व्यवस्थापन गर्ने योजना बनाएर अघि बढेका छन्।
अहिले सामुदायिक वन उपभोक्ता समूहहरू जंगलभित्रै वैकल्पिक खेतीको रूपमा अर्गानिक बेसार (हल्दी) खेती गर्न आकर्षित भएका देखिन्छन्।
भद्रपुरका दियालो र विशाल नामका सामुदायिक वनहरू, हल्दिबारीको पाथीभरा कालिका सामुदायिक वन, कचनकवलको दुर्गाभिट्टा सामुदायिक वन र त्रिवेणी सामुदायिक वनले जंगलभित्रै अर्गानिक बेसार (हल्दी) खेती गरिरहेका छन्। यी सामुदायिक वनका उपभोक्ताहरूले वैकल्पिक अर्गानिक खेतीको रुपमा बेसार खेतीलाई अगाडि बढाइरहेका हुनाले उनीहरू हात्तीको आक्रमणबाट बच्न र आम्दानीको स्रोत पनि जोगाउन सफल भएका छन्। ‘हात्तीले अरू अन्नबाली नष्ट गरे पनि बेसारमा त्यति क्षति पुर्याउँदैन,’ अध्यक्ष लिम्बूले भने, ‘बेसारको पात पनि हात्तीले खाँदैन, जंगलमा हिँडडुल गर्दा हात्तीले कुल्चिन्छ मात्र, त्यति धेरै नोक्सानी चाहिँ गर्दैन।’ तीन हेक्टर जमिनमा बेसार खेती लगाएका छौँ। यस क्षेत्रमा हात्तीको निक्कै समस्या छ। हात्ती, मृग र बँदेलले अन्नबाली खाइदिने, उखेलिदिने समस्याका कारण किसान आजित बनिसकेका छन्। ‘त्यसैले वन क्षेत्रभित्र बेसार खेती लगाउन सुरु गरेका हौँ, उनले भने, ‘ती जंगली जनावरहरूले बेसार खेतीलाई हानी पुर्याउँदैनन्, यसले रोजगारी र आम्दानी दुवै दिँदा फाइदा पुगेको छ।’