अस्ट्रेलियाले आइसिसि टी-२० विश्वकपका लागि खेलाडी टोली घोषणा गर्यो
Suman Bhandari (5/1/2024)
आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसि टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि अस्ट्रेलियाले आफ्नो खेलाडी टोलीको घोषणा गरेको छ।
अस्ट्रेलियन क्रिकेट बोर्डले मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको बुधबार घोषणा गरेको हो। विश्वकपमा अस्ट्रेलिया 'बी' समूहमा रहेको छ, जसमा इङ्ल्यान्ड, नामिबिया, ओमान र स्कटल्यान्डसमेत रहेका छन्।
टी-२० विश्वकपको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई जुन ५ मा सामना गर्नेछ। यस प्रतियोगिताका लागि अस्ट्रेलियाको टोलीमा मार्श, एस्टन आगर, प्याट कमिन्स, टिम डेविड, नाथन एलिस, क्यामरन ग्रिन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पालगायत रहेका छन्।
आइसिसिको टी-२० विश्वकप क्रिकेट जुन १६ देखि लागू हुनेछ भने फाइनल खेल जुलाई १६ मा हुनेछ।