कामिरिता २९ औं पटकको लागि सगरमाथा आरोहण गर्दै
Sujit Paudel (5/1/2024)
सगरमाथा आरोहणमा विश्व कीर्तिमान कायम राख्ने कामिरिता शेर्पा यसपटक आफ्नै कीर्तिमान भंग गर्न तयार छन्। गत वर्ष २८औं पटक चुचुरोमा पुगेका कामिरिता यसपटक २९औं पटक आरोहण गर्न आधारशिविरमा उपस्थित भइसकेका छन्। आफ्नै विश्व कीर्तिमानलाई नयाँ उचाइमा पुर्याउन उनी तत्पर देखिन्छन्।
वसन्त ऋतुको सगरमाथा आरोहण अभियानका लागि एक साता अगाडि नै काठमाडौंबाट प्रस्थान गरेका कामिरिता शेर्पा लुक्ला र नाम्चे हुँदै आधारशिविरमा पुगिसकेका छन्। २९ औं पटकको लागि सगरमाथा आरोहणको तयारीमा रहेका कामिरिताले भने, "यसपटक २९औं चोटि सगरमाथा आरोहण गर्न लागेको छु। कति पटकसम्म आरोहण गर्छु भन्ने कुनै योजना छैन, चुचुरोतिर जानेछु जति सम्भव हुन्छ।"
करिब २८ जनाको आरोही समूहसँग सगरमाथा चुचुरोतिर लाग्न तयार रहेका कामिरिताले जानकारी दिए। सेभेन समिट ट्रेक्स प्रालिबाट उनी यस पटकको आरोहणका लागि शिखरतर्फ जाने तयारीमा छन्।