डढेलो लगाउनेको खबर दिएमा, ५० हजार रुपैयाँ इनाम दिने
ROE Network (5/3/2024)
अहिले जताततै वन र बस्तीमा डढेलो र आगलागीको समस्या बढ्दो क्रममा छ। यस्तै बेला हेलम्बु गाउँपालिकाले डढेलो लगाउनेहरुको विरुद्धमा नयाँ अभियान सुरु गरेको छ।
हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकले यदि कुनै व्यक्तिले अरुलाई डढेलो लगाउन प्रोत्साहन गरेको वा डढेलो लगाएको थाहा पाएमा र प्रमाण सहित जानकारी गराएमा ५० हजार रुपैयाँ इनाम दिने घोषणा गरेको छ। गाउँपालिकाका अध्यक्ष सेतु वैदले स्थानीय रेडियो र गाउँपालिकाको फेसबुक पेजमार्फत यही कुरा घोषणा गरेका छन्।
"हामी डढेलोलाई गम्भीर अपराधको रुपमा हेरिरहेका छौँ," गाउँपालिका अध्यक्ष वैदले भने, "यदि कसैले पनि डढेलो लगाएको थाहा पाउनुभयो भने हामीलाई तुरुन्तै जानकारी गराइदिनुहोला। प्रमाण सहित जानकारी दिनेलाई रु ५०,००० इनाम दिइनेछ।"
प्राविधिक महाशाखा प्रमुख रामबहादुर कार्कीका अनुसार पछिल्लो समय यस क्षेत्रमा डढेलोका घटनाहरु बढेकाले गाउँपालिकाले यस्तो कदम उठाउन परेको हो। डढेलोका कारण वन र रैथाने बस्तीहरुमा ठूलो क्षति पुगेको छ।