कोभिसिल्ड बारे चर्चाको सत्यता
ROE Network (5/3/2024)
‘COVISHIELD’ भ्याक्सिन लगाउने मानिसमा ‘THROMBOSIS’ नामक सिन्ड्रम देखिएको जसले मानिसको खुन जमाउने अनि हर्ट अट्याक हुने सम्भावना बढाउने हल्ला छ। जेमी स्कट नामक व्यक्त्तिले भ्याक्सिन लिएपछि आफ्नो शरीरमा खुन जम्न र दिमाखमा बिलिडिङ्ग हुन शुरु भएको बताएपछि यो हल्ला फैलीएको हो।
फरमर साङ्टिस्ट अफ इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च, डा. रमन गंगाखेदकर का अनुसार COVISHIELD भ्याक्सिन को असर धेरैमा हुँदैन र दस लाख मानिस मध्य ७ देखी ८ मानिसले यो भ्याक्सिन को रेयर साइड इफेक्टस को सामना गर्नुपर्नेहुन सक्छ । उनी भन्छन, यदि यस भ्याक्सिनको असर भइहाल्यो भनेपनी दुई वा तिन महिना भित्रमा मात्र हुन्छ।
नेपालले २ मिलियन डोजको भ्याक्सिन Serum Institute of India (SII) बाट ल्याएको थियो। नेपालमा कम्तिमा एक डोज लगाउने मानिसको संख्या ५१% रहेको छ, ३८% मानिसले पूर्ण/सबै डोज लगाएका छन्। र तिमध्ये कोभिशिल्ड लगाउने ३०.८% छन्।
Author: (Sandhya Khanal )