आगलागीबाट करोडौंको क्षति: देशभर यो हप्तासम्म ८००+ घर-गोठहरु जले
ROE Network (5/4/2024)
देशका विभिन्न स्थानहरूमा भएको आगलागी दुर्घटनाले यस हप्ता करोडौंको क्षतिपुर्याएको छ। मुलुकभरिका विभिन्न जिल्लाहरूमा भइरहेको आगलागीबाट यो हप्तासम्म ८ सय भन्दा बढी घरगोठहरु जलेर नष्ट भएका छन्।
प्रहरी प्रधान कार्यालयले शुक्रबार दिएको जानकारीअनुसार देशभरबाट आगलागीका घटनाहरूको रिपोर्ट आएको छ। यी आगलागी घटनाहरूबाट सयौं घर, गोठ र अन्य संरचनाहरू जलेर ध्वस्त भएका छन्।रूपन्देही जिल्लाको बलिराम्गा नगरपालिका वडा नं १ मा गत बुधबार रातिको आगलागीमा मात्र २४५ वटा घर जलेर नष्ट भएका छन्।
यस्तै, सप्तरीको सुरुङगा नगरपालिकाको आगलागीमा ५७ घरहरू जलेर पूर्ण रुपमा क्षति पुगेको छ। बझाङको खप्तडछान्ना गाउँपालिकामा भएको आगलागीबाट १२० घरधुरी प्रभावित भएको छन् भने बैतडीको सिगास गाउँपालिकामा पनि आगलागी भएको थियो।
यस्ता आगलागी दुर्घटनाहरूबाट मात्र मुलुकभर करोडौंको भौतिक तथा आर्थिक क्षति पुगेको छ भने सयौंको संख्यामा परिवारहरू विस्थापित समेत भएका छन्। सरकारले पीडितहरूलाई तत्काल राहत र बस्ने व्यवस्थाको प्रबन्ध गरेको छ।
सरुवा रोग तथा जनस्वास्थ्य विशेषज्ञहरूले पनि विस्थापितहरूलाई सुरक्षित स्थानमा राख्न आग्रह गरेका छन्। प्रभावितहरूको उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ भने उनीहरूलाई स्थायी रुपमा पुनर्स्थापना गर्नको लागि आवास निर्माणको प्रक्रिया थालिएको छ।