चोरी गर्न गएका व्यक्तिले एक तोला सुन निल्यो
ROE Network (5/6/2024)
फिदिम नगरपालिका-१ का २८ वर्षीय सुरेन्द्र योङ्याले चोरी गर्न गएको क्रममा एक तोला सुन निलेको पाइएको छ। उनलाई चोरी गरेको ३६ घण्टापछि मात्र दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरी कार्यालयका अनुसार योङ्या गत चैत २८ गते फिदिम-२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न गएका थिए। परिवारका सदस्यले योङ्याले स्टिलको दराजबाट सुनका गरगहना निकालिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले योङ्यालाई नियन्त्रणमा लिई १५ हजार नगद बरामद गरेको थियो।
तामाङका गरगहनामध्ये एक तोला सुन फेला नपरेपछि योङ्याको पेटको एक्स-रे गर्दा उसको पेटमा धातु देखिएको थियो। त्यसपछि मात्र दिसाबाट सुन बाहिर निकालिएको जिल्ला प्रहरीले बताएको छ।