इनड्राइभको शुल्क महँगिन्छ त?
ROE Network (5/6/2024)
राइड सेयरिङ एप इनड्राइभले आजदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरु गरेको छ। अब रजिस्ट्रार भये संगै सेवा ग्राहीहरुका लागि शुल्क बढने सम्भावना छ। यसअघि करिब ३ वर्षदेखि नेपालमा अनौपचारिक रूपमा सेवा दिँदै आएको इनड्राइभले अब कम्पनी दर्ता गरेर सेवा दिन थालेको हो। येसअघि, चालकबाट कमिसन नली संचालनमा आयेको इनड्राइभ कम्पनी, अहिले औपचारिकरुपमा संचालनमा आये संगै सेवाग्राहीहरुमा शुल्क बढ्ने संभावना छ।
इनड्राइभका अनुसार उक्त कम्पनीले नेपाल सरकारबाट आवश्यक अनुमति लिई औपचारिक रूपमा सेवा सुरु गरेको छ। नेपालमा रहेका चालक र ग्राहकहरूलाई यसबाट थप सुरक्षा र गुणस्तरीय सेवा प्रदान गर्न सकिने कम्पनीले दाबी गरेको छ।
इनड्राइभका प्रवक्ता सञ्जय अग्रवालले अब सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरिसकेकाले उपभोक्तालाई थप विश्वस्त सेवा दिन सकिने बताए। "यसअघिदेखि नै हामीले ग्राहकको सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेका छौं," उनले भने, "अब कम्पनी औपचारिक भएसँगै थप धेरै सुविधा पनि दिन सक्छौं।"
इनड्राइभसँगै यसअघि अन्य केही राइड सेयरिङ एपहरुले पनि औपचारिक रुपमा सेवा सुरु गरिसकेका छन्। काठमाडौंलगायत नेपालका अन्य शहरमा यस्ता एपहरुको बढ्दो प्रयोग भइरहेको छ।