९८ लाख रुपैयाँसहित दुई व्यक्ति प्रहरी नियन्त्रणमा
ROE Network (5/10/2024)
स्रोत नखुलेको ९८ लाख रुपैयाँ रकम लिएर हिडिरहेका दुई पुरुषलाई दरबारमार्ग क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै व्यक्ति बुटवलका बासिन्दा हुन्। तर उनीहरूको पहिचान र अन्य विवरणहरू भने प्रहरीले खुलाएको छैन।
उक्त घटनाबारे थप जानकारी दिन काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको छ।