बलात्कारको मुद्दामा नेपाल आइडल विजेता रवि ओड
ROE Network (5/12/2024)
नेपाल आइडल सिजन २ का विजेता रवि ओडले वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा प्रहरीमा आत्मसमर्पण गरेका छन्। कृष्णपुर नगरपालिकाका ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा स्वेच्छाले आएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
ओडकी श्रीमतीले गत २० चैतमा विरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। सोही दिन प्रहरीले जिल्ला अदालतबाट ओडको नाममा पक्राउ पुर्जी जारी गरेको थियो। तर सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण ओड पक्राउ परेका थिएनन्।
अब उनलाई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएको छ। यसैबीच यस घटनाले स्वर कलाकार ओडको प्रतिष्ठामा समेत प्रश्न उठेको छ।