कसरी भयो विद्यार्थी बोकेको स्कुल बसमा आगजनी ?
ROE Network (5/12/2024)
चितवनको भरतपुर महानगरपालिका २० द्रद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ। विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको बताएका छ्न।
बस जलेर पूर्ण रुपमा क्षति भएको छ। तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन्। उनीहरु सबै फरार छन्। बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेका छन्। सो समूहले 'कार्बाही गर्छौं भनेका थियौं, गरियो' भनेर गएको सहचालकले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा आगो निभाउन र थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ। घटनाको कारण र समूहको पहिचान खुल्न बाँकी नै छ।