सरकार बिरुद्ध लाग्यो ठगिको आरोप, किन र कस्ले?
ROE Network (5/12/2024)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध कांग्रेसले संसदसँगै जनस्तरबाट सडक संघर्ष गर्नुपर्ने बताएका छन्। उनले गाउँगाउँमा गरिब जनता सहकारी ठगबाट पीडित भएकाले जनतामाझ सडक संघर्षको आवश्यकता रहेको तर्क गरे। "पीडितलाई न्याय दिन कांग्रेसले सदनसँगै जनताको माझमा रहेर सडक संघर्ष गर्नुपर्छ। ७७ वटै जिल्लामा संघर्षका कार्यक्रम अगाडि बढाउनुपर्छ," उनले भने।
महरले सरकारलाई नै सहकारी ठगी गर्नेहरूको संरक्षण गरिरहेको आरोप लगाए। सहकारी ठगीको मुद्दा एक मन्त्रीको कारण संसद अनिर्णयको बन्दी बनेको भन्दै उनले आपत्ति जनाए। उपप्रधान तथा गृहमन्त्री रविलामिछानेमाथि सहकारी ठगीको आरोप लागेकाले सरकार र संसद अनिर्णयको बन्दी बनेको टिप्पणी गर्दै महरले यो लज्जास्पद भएको बताए।
सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि सहकारी ठगीमा नेताहरू तानिन सक्ने डरले छानबिन समिति नबनाएको आरोप लगाए। ठूला नेताहरू संलग्न भएपछि छानबिनबाट डराइरहेको महरको दाबी छ।